१८ चैत,काठमाडौं - ललितपुर जिल्ला अदालतले अब खाजाको समयमा समेत सेवाग्राहीलाई निरन्तर सेवा उपलब्ध गराउने भएको छ। अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार, कर्मचारीहरूले दिउँसोको खाजा समयमा पनि काम रोकेर सेवा प्रभावित नहोस भन्ने उद्देश्य राखिएको छ।
सूचनामा भनिएको छ कि, आईतबारदेखि बिहीबारसम्म खाजा समय दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० बजेदेखि २ः०० बजेसम्म तोकिएको छ। यसअघि यस समयमा अदालतको सेवा केही समयका लागि रोकिएको भए पनि अब मिति २०८२/१२/१७ देखि खाजाको समयमा पनि सेवाग्राहीलाई रोकावट नहुँदै सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
अदालतले सम्पूर्ण सेवाग्राहीलाई यो नयाँ व्यवस्था अनुसार समयमै सेवा पाउने जानकारी गराएको छ।
01 April 2026