महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार

साझा लाल्टिन संवाददाता

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ध्रुब कार्कीको इजलासले हाल तामेलीमा राखिएको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने टिप्पणी गर्दै प्रहरीले प्रस्तुत गरेको मिसिल फिर्ता गरेको हो।

शोभा पाठक, जो पीडित भनिएकी छिन्, ले हिजो काठमाडौँ प्रहरी परिसर पुगेर बस्नेतलाई पक्राउ गर्न निवेदन दिएकी थिइन्। यसपछि प्रहरीले अदालतमा पक्राउ अनुमतिको लागि मिसिल पेश गरेको थियो। तर, अदालतले उक्त निवेदनलाई खारेज गर्दै, बस्नेतलाई पुनः पक्राउ गर्न अनुमति दिन नमिल्ने जनाएको हो।

प्रतिक्रिया