पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश

साझा लाल्टिन संवाददाता

२९ असोज, काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ।

आज थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेकाे हाे । 

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । 

महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी  लिएको थियो ।

अदालतकाे आदेशअनुसार महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएकाे छ ।

प्रतिक्रिया