इरान साहसपूर्वक लड्यो, अब पुनर्निर्माणमा जुट्छ : डोनाल्ड ट्रम्प

साझा लाल्टिन संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान पछिल्लो युद्धमा साहसपूर्वक लडेको बताएका छन्। बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकका क्रममा पत्रकारहरूको इरानमाथि प्रतिबन्ध हटाउने विषयकाे प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएको बीबीसीले जनाएको छ।

ट्रम्पले भने, इरानले भर्खरै युद्धको सामना गर्यो, र उनीहरू साहसपूर्वक लडे। उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताएका छन ।

ट्रम्पले भने, इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गर्दै भने, मैले भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन। अब ती नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ ।

प्रतिक्रिया