नयाँ प्रधानमन्त्रीको शपथसँगै सुशीला कार्की बालुवाटारबाट बाहिरिने

साझा लाल्टिन संवाददाता

१० चैत,काठमाडौं सुशीला कार्की नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणकै दिन सरकारी निवास बालुवाटार छाड्ने तयारीमा रहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते शुक्रबार रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै कार्की बालुवाटारबाट बाहिरिँदै निजी निवासमा फर्किनेछिन्।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटार बस्दै आएकी कार्कीले जेनजी आन्दोलनपछि प्राप्त म्याण्डेटअनुसार ६ महिनाभित्र निर्वाचन सम्पन्न गराएकी थिइन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनी सत्ता हस्तान्तरण गरी औपचारिक रूपमा निजी जीवनमा फर्किन लागेकी हुन्।

प्रतिक्रिया