पोखरा छोरेपाटन माविका अध्यक्षलाई कालोमोसो नेकपा (बहुमत)

साझा लाल्टिन संवाददाता

काठमाडौँ २७ असार - पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) को विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोपमा श्री छोरेपाटन मावि, कास्कीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो  दलिएको हो 

नेपाल कम्युनिस्ट पार्टी बहुमत गण्डकी प्रदेश समितिले भ्रष्टाचारविरोधी अभियान अन्तर्गत उनलाई कालोमोसो दलेर सांकेतिक जनकारबाही गरेको सङ्गठनका संयोजक राजन साउदले विज्ञप्ति उल्लेख गरेका छन्  ।

विद्यालयको सार्वजनिक सम्पत्ति रहेको पातले छाँगो २०३५ साल देखि विद्यालयले भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ३५ वर्षका लागि निजी कम्पनीलाई चलाउन दिने गरी सहमति गरेको छ । सम्झौताअनुसार महानगरले विद्यालयलाई वार्षिक ३ करोड रुपैयाँ दिनुपर्नेमा दुई किस्ता भुक्तानी रोक्दासमेत व्यवस्थापन समिति मौन बसेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल (क्रान्तिकारी)ले  चेतावनी दिएको छ । यस्तै, ठेक्का सम्झौता तत्काल रद्द गरी पातले छाँगो पुनः विद्यालयलाई हस्तान्तरण गर्न र ठेकेदार कम्पनी सेती क्यान्योन प्रालिलाई काम रोक्न माग गरिएको छ ।



प्रतिक्रिया