नाबालक छोराछोरी सहित महिला बेपत्ता , भेरी नदी किनारमा झोला–सल–चप्पल भेटियो

साझा लाल्टिन संवाददाता

०२ चैत,काठमाडौं सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट ३८ वर्षीया माया कठायत आफ्ना ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक सहित आइतबार बिहान करिब ७ बजे बेपत्ता भएका छन्।

उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा घटनाबारे जानकारी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा खटिएको टोली र स्थानीयवासीहरूले घर नजिकै भेरी नदीको किनारसम्म खोजी गरेका थिए। त्यहाँ माया कठायतले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको छ।

प्रहरीको अनुमान छ कि उनीहरू सम्भावित रूपमा नदीमा हाम फालेको हुनसक्छन्। अहिले करिब ३५ जनाको टोलीले नदी आसपास क्षेत्र र घर वरिपरि खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया