नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा केपी शर्मा ओली पक्राउविरुद्ध देशभर प्रशासन कार्यालयमा विरोधपत्र

साझा लाल्टिन संवाददाता

काठमाडौँ - केपी शर्मा ओली पक्राउप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने घोषणा गरेको छ।

शनिबार आकस्मिक रूपमा बसेको पार्टी सचिवालय बैठकले सरकारको कदमको विरोध गर्ने निर्णय गरेको हो। पार्टीले भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग प्रति असहमति जनाउँदै त्यसलाई पुनर्विचार गर्न माग गरेको छ। एमालेले उक्त घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएको छ।

ओली पक्राउपछिको विकसित राजनीतिक अवस्थाबारे संसदमा रहेका दलहरूसँग संवाद गरेर थप रणनीति बनाउने तयारी पनि एमालेले अघि बढाएको छ। यसका लागि विष्णु पौडेल, रामबहादुर थापागोकर्ण विष्ट लगायतका नेताहरूलाई प्रतिवाद कार्यक्रम समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

एमालेले आफ्नो विरोधलाई देशव्यापी रूपमा विस्तार गर्दै सरकारमाथि दबाब बढाउने संकेत गरेको छ।

प्रतिक्रिया