१ पुष, काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।
सीआईबीका अनुसार ‘विश्वक्रान्ति’, ‘कुमार’ र ‘देवराज लामा’ नामले चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरिएको हो । उनी पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लामा २०६८ सालमा काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा संलग्न भई कैद सजाय भुक्तान गरेर २०७६ फागुन ७ गते छुटेका थिए । तर पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेपछि दर्ता भएको मुद्दा भने विचाराधीन अवस्थामा रहेको भेटिएको सीआईबीले जनाएको छ ।
थप अनुसन्धानका लागि उनलाई पाँचथर पठाइएको छ ।
16 December 2025