काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री शाहले शुक्रबार नै रामजी यादवलाई श्रममन्त्री तथा गौरीकुमारी यादवलाई उद्योगमन्त्रीका रूपमा नियुक्त गरेका थिए।
यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्रीले बिहीबार पदमुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने केही समयदेखि प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए।
नवनियुक्त श्रममन्त्री रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने उद्योगमन्त्री गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छिन्।
10 April 2026