पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँडे हुन्छ : झलनाथ खनाल

साझा लाल्टिन संवाददाता

काठमाडौं १७ साउन - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको बताएका छन्।

अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि पत्रकार सम्मेलन गरेर आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गरेका छन् ।

उनले भने, उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ । उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ । कुन नेताले छाड्छ । यही हो पार्टीको नेताको हैसियत, मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म रहेछ । उनले अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँड्न सुझाएका छन् ।

प्रतिक्रिया