भूमिमन्त्रीलाई प्रश्न : लिचिबारी अडियो सही हो कि फेक ?

साझा लाल्टिन संवाददाता

काठमाडौं ११ साउन -नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग लिचिबारी अडियो प्रकरणबारे प्रष्टीकरण माग गरेका छन्  । 

आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकबारे भएको छलफलका क्रममा उनले मन्त्री अधिकारीसँग जवाफ मागेका हुन् । 

पाण्डेले अडियो फेक हो भने अडियो ल्याउनेलाई किन कारबाही गरिएन भन्ने प्रश्न गरे । 'अडियो सही हो भने त्यसमा मन्त्रीज्यूको नाम पनि छ । फेक हो भने त्यस्तो अडियो निकाल्नेलाई कारबाही गर्नुपर्‍यो, बेवारिसे रूपमा छोड्न मिल्छ कि मिल्दैन,' उनले भने ।

उनले भूमिसम्बन्धी ऐनले सरकारलाई संसद्को असाधारण अधिकार दिने व्यवस्था गरिएको भन्दै विधेयकमा व्यवस्था भएको सूचित आदेश र निर्देशिका बनाउनसक्ने व्यवस्था विधेयकबाट हटाउन माग गरे ।

उनले भूमि ऐन धेरै पुरानो भएको र धेरै पटक संशोधन पनि भएको भन्दै नयाँ ऐन नै ल्याउन माग गरे  ।


प्रतिक्रिया