काठमाडौं ३० साउन - नेपाली कांग्रेस पार्टी प्रवेश गरेका मधेसी नेता देवेन्द्र यादवको पार्टी सदस्यता खारेज भएको छ । उनलाई बिहीबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
तर, उनीमाथि फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको खुलेसँगै कांग्रेसले शुक्रबार एक विज्ञप्तिमार्फत पार्टीबाट सदस्यता खारेज गरिएको जनाएको हो ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
तर २०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय थिए ।
15 August 2025