काठमाडौं १९ जेठ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र पुनःस्थापनाको माग गर्नेहरूको ‘चेतनास्तर’ देखेर आफूलाई दया लाग्ने गरेको बताएका छन् । उनले आजको युगमा वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता भएको टिप्पणी गरे।
सोमबार बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो। दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ।’
उनले भारत, चीन वा अमेरिकाजस्ता मुलुकहरू निर्वाचित जनप्रतिनिधिले चलाइरहेको र केही देशमा खुम्चिएर मात्र राजतन्त्र टिकेको उदाहरण प्रस्तुत गरे।
02 June 2025