जेनजीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुग्यो

साझा लाल्टिन संवाददाता

२३ भदौ, काठमाडौं - काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन् ।

प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएको प्रहरी अधिकारीहरू बताउँछन् । 


प्रतिक्रिया