१९ मंसिर, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ। देउवाको महाराजगञ्जस्थित अस्थायी निवासमा भएको उक्त भेटमा दुवै नेताका पत्नीहरू पनि उपस्थित रहेका थिए ।
ओली आफ्नी पत्नी राधिका शाक्यसहित देउवासँग भेट गर्न पुगेका हुन्। त्यही क्रममा पूर्वपरराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु राणा देउवाले पनि कुराकानीमा सहभागिता जनाएकी थिइन्।
ओलीको सचिवालयले सार्वजनिक गरेको तस्वीरमा देउवा, ओलीसँगै राधिका र आरजु पनि देखिन्छन्।
गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच उच्चस्तरीय भेट भएको यो पहिलो अवसर मानिएको छ। स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक अवस्था, पार्टीगत रणनीति तथा आगामी समन्वयका विषयमा कुराकानी भएको बताइएको छ।
05 December 2025