१७ चैत,काठमाडौं - नेकपा निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले अनावश्यक भिडियो निर्माण गरेको आरोपमा नियन्त्रणमा लिएको छ। ती भिडियोहरूले सामाजिक अस्थिरता निम्त्याउन सक्ने बताइएको छ।
प्रहरी स्रोतका अनुसार, बिहान ११ बजेतिर सादा पोसाकका प्रहरीले उनलाई अनामनगरबाट नियन्त्रणमा लिएका थिए। उनीहरूले ‘हामी पार्टीका मान्छे हौँ, काम छ’ भनी परिचय दिएका थिए। नियन्त्रणपछि तिमल्सिनालाई भद्रकाली प्रहरी परिसरमा लगिएको थियो।
प्रहरीले उनलाई चेतावनी दिँदै भनेको छ कि सरकारले अनुमति नदिएको वा सामाजिक शान्ति भंग गर्न सक्ने कुनै पनि भिडियो निर्माण नगर्न। स्रोतका अनुसार, भविष्यमा यस्तो गतिविधि दोहोरिए कडा कानुनी कारबाही गरिने बताइएको छ।
तिमल्सिनालाई तत्कालीन माओवादी निकट पार्टीले २९ असोजमा जेनजी रेड फोर्सको संयोजक बनाएको थियो। यो संगठनले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।