विपिन जोशीकी आमा र बहिनीको राष्ट्रपति पौडेल सँग भेट

साझा लाल्टिन संवाददाता

काठमाण्डौ ८ भदौ -  हमासले बन्धक बनाएका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

इजरायल पुगेर फर्केका विपिन जोशीकी आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

उनीहरुले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए ।

भेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।

आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् ।

भेटमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइको आफूले थप प्रयास गर्ने बताएका हुन्  ।



प्रतिक्रिया