पहिरोले घर पुरिंदा ४ जना घाइते

साझा लाल्टिन संवाददाता

काठमाडौ १८ असार - ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिंदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको जानकारी  प्राप्त भएको छ  ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया