२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय

साझा लाल्टिन संवाददाता

१९ भदौ, काठमाडौँ  - नेपालमा सक्रिय रहेका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयका आधारमा प्राधिकरणले ती सञ्जालहरू निष्क्रिय गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसला र मन्त्रिपरिषद् तथा मन्त्रालयको निर्णयपछि प्राधिकरणले निष्क्रिय गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालहरू बन्द गर्न प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले पत्राचार गरेको छ ।

प्रतिक्रिया