पतञ्जली जग्गा प्रकरण : अदालतमा थुनछेक बहस सकियो, आदेशको प्रखाईमा माधव नेपाल

साझा लाल्टिन संवाददाता

काठमाडौ ११ असार - पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकिएको छ । नेपालको तर्फबाट शम्भु थापा, गोविन्द बन्दी, रमन श्रेष्ठ, कृष्णप्रसाद भण्डारी लगाएत ६ जना वकिलले बहस गरेका थिए ।

बहस सकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल क्यान्टिन बसेर अदालतकाे आदेश पर्खिरहेका छन् ।

२०६६-०६७ ताक नेपाल प्रधानमन्त्री रहेका बखत पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुटमा उद्योग खोल्न दिइएको जग्गा गैर कानुनी रूपमा बिक्री गर्न अनुमति दिएको अभियोगमा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंह सहित ९३ विरुद्ध अख्तियारले भ्रष्टाचार दायर गरेको थियो । 

प्रतिक्रिया