एबीसी ओभरसिजका सञ्चालक पक्राउ

साझा लाल्टिन संवाददाता

काठमाडौँ २२ जेठ - बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शमशेर गहतराज छन् । उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । 

उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । 

गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतरा मेनपावर सञ्चालक हुन्  । 

बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।

प्रतिक्रिया