भारत र चीनियाँ शासकहरुले नेपाली भूमिमाथीकोे नांगो हस्तक्षेप : नेकपा (बहुमत)को विरोध

साझा लाल्टिन संवाददाता

काठमाडौं ०४ भदौ - नेपाललाई सूचनासमेत नदिई नेपालको भुमि प्रयोग गरि हालैमात्र चीन र भारतका विदेशमन्त्रीहरुले नेपालको लिपुलेक पास हुँदै सीमापार व्यापार गर्ने सम्झौता गरेकोमा नेकपा (बहुमत)ले आपत्ति जनाएको छ ।

 नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले एक प्रेस वक्तव्य मार्फत चीनियाँ विदेशमन्त्री वाङ थीको अगस्ट १७–१ (भाद्र १–२) मा भएको भारत भ्रमणका क्रममा दुई देशबिच लिपुलेक पास हुँदै द्धिपक्षीय सीमाव्यापार खोल्ने सहमति नेपालको सार्वभौमिकताका विरुद्ध त छ नै साथै भारत र चीनियाँ शासकहरुको नेपाली भूमिमाथीकोे नांगो हस्तक्षेप हो, विज्ञप्तिमा भनेका छन् ।

२०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा उक्त सहमति भएको र नेपाली जनताको तिब्र विरोधका कारण उक्त सम्झौता स्थगित भएको थियो ।

विज्ञप्तिमा बास्तोलाले नेपालको सार्वभौमसत्ताको सम्मान गरी मित्रता कायम राख्न र उक्त सहमति यथासिघ्र फिर्ता लिई छिमेकी देशको सार्वभौमसत्ता र आत्मसम्मानको सम्मान गर्न समेत भारत र चीन समक्ष अपिल गरेका छन् ।

विज्ञप्तिमा महासचिव बास्तोलाले नेपालको सार्वभौमसत्ताको रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् । 

प्रतिक्रिया