पशुपतिमा एक महिला मृत फेला

साझा लाल्टिन संवाददाता

काठमाडौँ १२ भदौ - काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया