कैलालीमा ४ किशोरको मृत्यु

साझा लाल्टिन संवाददाता

काठमाडौँ १२ भदौ - कैलालीको गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ४ जना किशोरको डुबेर ज्यान गएको छ ।

खोलामा सात जना नुहाउन गएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृतहरूको नाम ठेगाना खुल्न बाँकी छ ।


प्रतिक्रिया