चम्पादेबीमा नेकपाको शक्ति प्रदर्शन, २ सय नेता–कार्यकर्ता प्रवेश

साझा लाल्टिन संवाददाता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाको पालिकास्तरीय चुनावी तयारी तथा विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले जिल्लाभर पालिकास्तरीय भेला आयोजना गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत चम्पादेबी गाउँपालिकामा पालिकास्तरीय चुनावी तयारी बैठक सम्पन्न गरिएको हो। 

चम्पादेबी गाउँपालिका–स्थित घोराखोरीमा आयोजित चुनावी तयारी तथा विस्तारित बैठकमा एमालेबाट विद्रोह गरी झण्डै २ सय जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशी नेता–कार्यकर्तालाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अम्बिरबाबु गुरुङलगायत जिल्लाका नेताहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा सयौँको सङ्ख्यामा पार्टी समर्थक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। 

पार्टीले यस्ता भेलाले संगठन विस्तारसँगै चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। 



प्रतिक्रिया