इराकमा फेरि असुरक्षा: अमेरिकी महिला पत्रकार अपहरणमा

साझा लाल्टिन संवाददाता

१८ चैत,काठमाडौं इराकको राजधानी बगदादमा एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन्। मंगलबार साँझ भएको उक्त घटनामा फ्रीलान्स पत्रकार शैली किटलसनलाई अज्ञात समूहले नियन्त्रणमा लिएको बताइएको छ।

इराकी र अमेरिकी अधिकारीहरूका अनुसार, यो अपहरणमा इरान समर्थित मिलिसियाको संलग्नता हुन सक्ने आशंका गरिएको छ। विशेषगरी कताइब हिज्बुल्लाह समूहसँग आबद्ध व्यक्तिहरू यस घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि इराकी गृह मन्त्रालयले तीव्र खोजी अभियान सुरु गरेको छ। अपहरणकारीहरूलाई पछ्याउने क्रममा एक जना संदिग्धलाई पक्राउ गरिएको जनाइएको छ भने अन्यको खोजी जारी रहेको छ।

पछिल्लो समय इराकमा इरान समर्थित इस्लामिक मिलिसियाहरूले अमेरिकी हित र ठेगानाहरूलाई लक्षित गर्दै आक्रमणहरू बढाउँदै लगेका छन्, जसका कारण सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ।

प्रतिक्रिया