खोटाङमा शव लिएर गएको हेलिकोप्टर दुर्घटना ग्रस्त

साझा लाल्टिन संवाददाता

०४ चैत,काठमाडौं खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थित खार्ताम्छा, बालाबेसीमा आज शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

गाउँपालिका अध्यक्ष समिर राईले बताए अनुसार, हेलिकोप्टरलाई सुरुमा बारीको डिलमा अवतरण गराउन लाग्दा समस्या आएर बारीको बीचमा लैजाने प्रयास गर्दा दुर्घटना भएको हो।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया