काठमाडौं २९ साउन - प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सरकार संसद्ले दिएको निर्देशन पालना गर्ने र प्रश्नहरूको उत्तर दिने भन्दा पनि मित्थ्या प्रकारका कथाहरू सिर्जना गरेर मिडिया र सोसियल साइटका लागि कन्टेन्ट उत्पादन गर्ने ध्याउन्नमा लागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यो विषयान्तर भएको भन्दै यसमा खबरदारी आवश्यक रहेको बताए । यस्तै उनले तातोपानी र रसुवागढी नाका बन्द हुँदा चाडबाडको मुखमा महँगी बढ्ने चिन्ता समेत व्यक्त गरे ।
14 August 2025