काठमाडौँ १० असार - नेपालका ११ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले चलाएको युद्ध अमेरिकी कानुन, संयुक्त राष्ट्रसंघको वडापत्र र मान्यताहरु तथा अन्तराष्ट्रिय मुल्य र मान्यता बाट अवैधानिक एंव मानवीय दृष्टिले अपराधिक, न्यायका दृष्टिले अन्यायपूर्ण भएको दाबी गरेको छ । नेकपा (बहुमत) नेपाल कम्युनिस्ट पार्टी, नेकपा मार्क्सवादी (पुष्पलाल )लगायत ११ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको घोर भर्त्सना गरेका छन ।
२१ औं शताब्दीसम्म आउदा साम्राज्यवाद सम्पुर्णरुपले असफल भएको र अमेरिकी जनता अमेरिकी साम्राज्यवाद विरुद्ध नै लाखौंको संख्यामा प्रतिवादमा प्रदर्शन गरिरहेका छ्न । इरान इजरायल लगाएत मध्यपुर्वका उत्पीडित,श्रमजीवी तथा सर्वहारा जनाताहरु साम्राज्यवादको दलाल इजरेली सत्ताको अन्त्य गरि समाजवादी सत्ता स्थापन गर्न समेत ११ राजनैतिक दलहरूले अपिल गरेका छ्न ।
नेकपा (बहुमत)का महासचिव , कन्चन ,नेपाल कम्युनिस्ट पार्टीका संयोजक, बसन्त, नेकपा मार्क्सवादी (पुष्पलाल)का अध्यक्ष, मानधोज गुरुङ,समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव,पुर्ण बहादुर सिंह, बैज्ञानिक समाजवादी मोर्चा (कपाने)का संयोजक आशिष, श्रमिक जनता पार्टी नेपालका अध्यक्ष, दुर्गा बराइली, नेपाल समृद्धि पार्टीका,टेक बहादुर विश्वकर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, नारायण शर्मा, नेपाल कम्युनिस्ट पार्टी बिद्रोहीका, प्रवक्ता बिके सि नेपाली , माक्र्सवादी एकता अभियानका संयोजक, श्रीकान्त र नेकपाका उपाध्यक्ष, शम्भु कट्टेललगायतले विज्ञप्ति जारी गरी इराकमाथि साम्राज्यवादी आक्रमणको विरोध गरेका छन ।
यस स्थितिमा जुन २१ मा अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ यो गम्भीर युद्ध अपराध हो, उनीहरुले भनेका छन्, यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं ।
यी दलहरूले तत्काल बिरोधका कार्यक्रमहरु पनि घोषणा गरेका छन । १२ असार २०८२ विरोध प्रर्दशन, १३असार २०८२ ज्ञापन पत्र र १७ असार २०८२ एक्यवद्धता एवं प्रदर्शन गरिएको बक्तव्यमा जनाइएको छ ।