ओखलढुङ्गामा एमाले विद्रोह, पार्टी कार्यालयमा तालावन्दी

साझा लाल्टिन संवाददाता

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले ओखलढुङ्गामा तीव्र असन्तुष्टि देखिएको छ। एमाले जिल्ला कमिटीले केन्द्रीय सचिवालयको निर्णय गुटगत र कार्यकर्ताको भावना विपरीत भएको भन्दै आधिकारिक उम्मेदवारलाई नसघाउने घोषणा गरेको छ।

जिल्लाले १८ जना आकांक्षीमध्येबाट अम्बिरबाबु गुरुङसहित पाँच जनाको नाम सिफारिस गरे पनि केन्द्रले सूचीबाहिरकी अस्मिता थापालाई टिकट दिएपछि विवाद चर्किएको हो। जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले सिफारिस विपरीत आएको उम्मेदवारलाई सहयोग गर्न नसकिने स्पष्ट पारेका छन्। यस घटनाले ओखलढुङ्गामा एमालेको चुनावी नतिजा प्रभावित हुनसक्ने चर्चा सुरु भएको छ। 

जिल्लाले पठाएका १८ आकांक्षीको सूची
१. ईश्वर पोखरेल
२. अम्बिरबाबु गुरुङ
३. यज्ञराज सुनुवार
४. ज्ञानबहादुर खड्का जिवी
५. नानीबाबु बुढाथोकी
६. सञ्जय खत्री
७. कमलप्रसाद न्यौपाने
८. अशोककुमार थापा
९. शान्ता ढुङ्गेल
१०. शकुन्तलाराज भण्डारी
११. अर्जुन गिरी 
१२. सुनिल खड्का
१३. हर्कबोल राई
१४. राधा निरौला
१५. मोहन श्रेष्ठ
१६. तीर्थ सुवेदी
१७. गोपाल नेपाल
१८. राजन खत्री

सहमतिमा सिफारिस भएका पाँच नाम
१. ईश्वर पोखरेल
२. अम्बिरबाबु गुरुङ
३. यज्ञराज सुनुवार
४. ज्ञानबहादुर खड्का जीबि 
५. नानीबाबु बुढाथोकी


प्रतिक्रिया