काठमाडौं २५ जेठ - नेपालमा पहिलोपल्ट ट्रान्सजेन्डर (तेस्रो लिंगी) को सफल शल्यक्रिया भएको छ ।
त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पतालले आज पत्रकार सम्मेलन गरेर जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरको (लिंग परिवर्तन) शल्यक्रिया सफल भएको जानकारी दिएको छ ।
अस्पतालको प्लास्टिक तथा एस्थेटिक सर्जरी विभाग प्रमुख डा. जयमान श्रेष्ठको संयोजन र विदेशी प्लाष्टिक सर्जन डा. अलिरेजा हमिदिएन जारोमीको नेतृत्वको चिकित्सकीय टोलीले उक्त शल्यक्रिया गरेको हो । पुरुष जनेन्द्रिय भएकी ती ट्रान्सजेन्डरमा शल्यक्रियामार्फत् महिलाको गुप्ताङ्ग बनाइएको विभागीय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार यस शल्यक्रियाबाट अन्य ट्रान्सजेन्डरहरु लाभान्वित हुनेछन् ।
यसअघि ट्रान्सजेन्डरहरु लिंग परिवर्तनको लागि महंगो खर्चमा विभिन्न देश जाने गरेका थिए ।
08 June 2025