नेकपाको एमसीसी विरुद्ध विरोध प्रदर्शन

साझा लाल्टिन संवाददाता

काठमाडौ ३० साउन - नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । 

नेकपाले एमसीसी सम्झौता नेपालका लागि घातक सम्झौता भएको र यसको नेपालबाट खारेजी हुनुपर्ने मागगर्दै काठमाडौंमा जन-प्रदर्शन गरेको छ  काठमाडौकाे माइतीघर मण्डलाबाट जुलुस र्याली सहित बानेश्वरमा पुगेर विरोध सभा गरेको छ ।

अमेरिकाले एमसीसी मार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गरेको, नेपालमा सैन्य अखडा राख्न खोजेको र चीनलाई घेराहाली नेपालको युरेनियम कव्जा गर्न खोजेको नेकपाले दाबी गरेको छ । साथै देशको बिभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ 


प्रतिक्रिया