राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ

साझा लाल्टिन संवाददाता


राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको बताए ।

उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने- 'प्रहरी परिसर आएका बेला उनलाई केहीबेर अघि पक्राउ गरिएको हो'

 राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको श्रोतले बताएको छ ।

अध्यक्ष थापा प्रदर्शनका क्रममा आइतबार दिउँसो नक्सालबाट पक्राउ परेका छन् ।

प्रतिक्रिया