ट्रम्पको युद्धविराम घोषणाको ३ घण्टापछि इजरायलले इरानमा नयाँ आक्रमण

साझा लाल्टिन संवाददाता

काठमाडौँ १० असार - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको दाबी गरेपछि पनि इरान र इजरायलबीच युद्ध जारी छ । 

ट्रम्पले युद्धविरामको घोषणा गरेको  तीन घण्टापछि इजरायलले इरानमा नयाँ आक्रमण गरेको न्युयोर्क टाइम्सले बताएको छ ।

यता इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि नेपाली समयअनुसार बिहान ७ बजेसम्म इरानी सैनिक युद्ध लडिरहेको बताएका छन् ।

इजरायली सेनाका अनुसार इरानले इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ । हाल यस आक्रमणमा कुनै क्षतिको जानकारी दिइएको छैन । इजरायल सरकराले फेरि एकपटक नागरिकलाई आक्रमणको अलर्ट पठाएको छ ।

इजरायलको राजधानी तेल अविवमा सरकारका तर्फबाट आक्रमणको सूचना पठाउँदै साइरन बजाइएको छ ।

प्रतिक्रिया