रास्वपाले स्वतन्त्र सांसद अमरेशकुमार सँग हात मिलाएर बैठक बहिस्कार

साझा लाल्टिन संवाददाता

काठमाडौँ ९  असार -रास्वपाका सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाले संसदमा विरोध गरिरहेको छ । 

आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनयता भने आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएका छन् । 

सोही क्रममा सोमबार पनि रास्वपाका सांसदहस्ले संसद बहिस्कार गरेका छन् । संसदबाट बाहिरिने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग रास्वपाका सांसदहरुले हात मिलाएका थिए । आइतबारको बैठकमा सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए ।

प्रतिक्रिया