उपचुनावका लागि आज रास्वपा उम्मेदवार छान्दै ,९ जना आकांक्षी कारागारमा रविलाई भेट्दै

साझा लाल्टिन संवाददाता

काठमाडौँ १५ भदौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार घोषणा गर्दैछ ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये उम्मेदवार घोषणा गर्नेमा रास्वपा पहिलो हुने भएको हो ।

उपचुनावका लागि रास्वपाबाट ९ जना आकांक्षीहरु आन्तरिक प्रतिस्पर्धामा छन् । पार्टीले प्राइमरी इलेक्सनबाट उम्मेदवारको टुंगो लगाउने नवीन अभ्यासको थालनी गरेको छ ।

प्राइमरी इलेक्सन भइसकेको छ भने अब सचिवालय बैठक आज बसेर उम्मेदवारको नाम फाइनल गर्ने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

आज बेलुकी ५ बजे उम्मेदवार घोषणा गर्ने भनिएको छ । त्यसभन्दा अगाडि आजै ९ जना आकांक्षीहरु रविलाई भेट्न एकैपटक नख्खु कारागार पुगेका छन् । उनीहरूसँग भेटेपश्चात् पार्टीलाई रविले आफ्नो राय दिनेछन् ।


प्रतिक्रिया