घोषणा एकातिर, निर्णय अर्कोतिरः नेकपाको समानुपातिक सूचीमा ‘पुरानै अनुहार’ को पुनरावृत्ति

साझा लाल्टिन संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राजनीतिक न्युक्ती, पूर्व सांसद र पूर्व मन्त्रीलाई समानुपातिक सूचीमा नराख्ने भनेर दिएको सार्वजनिक प्रतिबद्धता आफैंले तोडेको आरोप लागेको छ।

पार्टीले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीमा २०६४ देखि २०६८ सम्म ब्रसेल्स देशको राजदूत रहेका, प्रमेश कुमार हमाल पहिलो नम्बरमा परेपछि पार्टीभित्र र बाहिर तीव्र आलोचना सुरु भएको छ।

नयाँ राजनीतिक संस्कार र पुराना अनुहारलाई विस्थापन गर्ने नारासहित अघि बढेको पार्टीले व्यवहारमा भने पुरानै शक्ति केन्द्रलाई संरक्षण गरेको आरोप आलोचकहरूको छ। “निर्णय जनताका लागि कि नेताका लागि ?” भन्ने प्रश्न अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र रूपमा उठ्न थालेको छ।

पार्टी नेतृत्वले ‘राजनीतिक न्युक्लस’ नसमेट्ने निर्णयलाई कागजमा सीमित राखेर व्यवहारमा भने अनुभवी नेताको नाममा पुरानै अनुहारलाई प्राथमिकता दिएको भन्दै आम कार्यकर्ता असन्तुष्ट देखिएका छन्।

घोषणा र व्यवहारबीचको यो अन्तरले नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक लोकतन्त्र र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया