२६ चैत,काठमाडौं -पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ दिनपछि प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, आवश्यक पर्दा अनुसन्धानका लागि उपस्थित हुने सर्तमा उनलाई छाडिएको हो। भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो।
यद्यपि हिरासतबाट मुक्त भए पनि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय भने चिकित्सकहरूको सल्लाह अनुसार हुनेछ।
09 April 2026